सर्वदलीय बैठक : एमालेलाई मनाउन अझै पहल गर्न सभामुखलाई नेताहरूको सुझाव

काठमाडौं, २८ भदौ । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । निरन्तर संसद अवरुद्ध गरिरहेको नेकपा एमालेलाई मनाउन डाँकिएको बैठकमा एमाले नै सहभागी नभएपछि निष्कर्षबिहीन भएको हो । 

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले संसदको गतिरोध अन्त्य प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउन अझै पहल गर्न सभामुखलाई आग्रह गरेका छन् । 

बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे सभामुख र कानूनमन्त्रीले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति