नेपालमा थप ११४९जनामा कोरोना संक्रमण : १६ जनाको मृत्यु

काठमाडौँ, २८ भदौ । पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा १४ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ५३९ वटा नमूना (पीसीआर १२,५३२ र एन्टीजेन ४,००७) परीक्षण गर्दा ३ सय ३७ जना एन्टीजेन्टबाट कोरोना पुष्टि भएको हो । पिसिआर विधीबाट ११४९जनामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १२ सय ६० जना डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा ९१ हजार ८३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।हालसम्म मुलुकमा २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ९६५ जनाले ज्यान गुमाएका छन् ।अहिलेसम्म आईसीयूमा ४७५जना, भेन्टिलेटरमा १३४ जना, होम आइसोलेशनमा २४,९५८ जना, संस्थागत आइसोलेशनमा १,६७२ र क्वारेन्टाइनमा २६२ जना रहेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.९ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५।२ प्रतिशत छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board