कतारका विदेशमन्त्री काबुलमा

काठमाडौं, २८ भदौ ।  कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तानको राजधानी काबुल आइपुगेका छन् । उनले अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुंदसँग भेटवार्ता पनि गरेका छन् ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि उच्च विदेशी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो । काबुलमा कतारका विदेशमन्त्री थानीलाई अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले स्वागत गरेका थिए । कतारी विदेशमन्त्रीले पूर्वराष्ट्रपति हमिद करजाई र पूर्वप्रमुख कार्यकारी अब्दुल्ला अब्दुलासँग पनि भेटघाट गरेका थिए ।

भेटपछि जारी वक्तव्यका अनुसार कतारी विदेशमन्त्रीसँग द्विपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास र विश्वका अन्य मुलुकसँगको सम्बन्धका बारेमा कुराकानी भएको छ । अफगानिस्तान आउनुअघि कतारी विदेशमन्त्रीले टर्की र पाकिस्तानको भ्रमण गरेका थिए । लामो समयदेखि अमेरिका र तालिबानबीच मध्यस्थता गरेको कतारको पछिल्लो भूमिका कस्तो हुने भन्ने विषयमा सबैको चासो रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board