त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं, २८ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिउँसो सवा ४ बजे अमेरिकासँग खेल्ने छ । यसअघि पपुवा न्युगिनीसँग भएका दुवै खेल जितेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।लिगमा नेपाल ४ खेलमा ४ अङ्क जोडर नेपाल छैठौं स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो खेलमा भोलि ओमानसँग खेल्नेछ । यस्तै, तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति