‘मृत्यु भयो’ भनिएका अलकायदाका प्रमुख अल–जवाहिरी एकाएक सार्वजनिक

काठमाडौं, २८ भदौ । सेप्टेम्बर ११ हमलाको २०औं वार्षिकोत्सवमा अलकायदाका प्रमुख आयमान आयमान अल–जवाहिरी एक भिडिमोमा देखिएका छन्। यो भिडिओ सार्वजनिक भएपछि फेरि एकपटक प्रश्न उठेको छ– अल जवाहिरी जीवितै छन् ?त वर्ष डिसेम्बरमा उनको ‘मृत्यु भइसकेको’ भनेर खबर सार्वजनिक भएको थियो। जिहादी समूहको अनलाइन गतिविधिको निगरानी गर्ने गुप्तचर समूह साइटले यसको जानकारी दिएको हो। साइटकी निर्देशक रिटा कार्ट्जले ट्विट गरेकी छन्, ‘आफ्नो मृत्युको हल्लाबीच अलकायदाका नेता अल–जवाहिरी ६० मिनेटको एक नयाँ भिडिओमा देखिए’ रिटाले भनेकी छन्, ‘यसपटक जवाहिरीले यस्तो प्रमाण प्रस्तुत गरे– जसबाट थाहा हुन्छ– उनको मृत्यु भएको छैन।’एक घण्टाको उक्त भिडिओमा तालिबान मिडिया र उसका लडाकुलाई पनि देखाइएको छ। रिटा कार्ट्जले ट्विटमा भनेकी छन्, ‘जवाहिरीको भिडिओ सार्वजनिक हुनुले बताउँछ– अफगानिस्तानमा तालिबानको जित कसरी अलकायदाको जित हो ?’ उनका अनुसार उक्त भिडिओ ९÷११ हमलापछि जिहादी समूहको सक्रियताको गम्भीर संकेत हो।

९/११ हमलाको वार्षिकोत्सवको उपलक्ष्यमा अलकायदासहित विभिन्न आतंकवादी संगठनले उत्सव मनाएका थिए। अलकायदाले अफगानिस्तानमा तालिबानको पुनरागमनलाई ‘अल्लाहको पवित्र इशारा’ भनेको थियो। अमेरिकी सेनाको अपरेसनमा ओसामा बिन लादेन मारिएपछि अलकायदाको जिम्मेवारी अल–जावहिरीलाई दिइएको थियो। पछिल्लो केही समययता जवाहिरीको मृत्यु भएको अपुष्ट खबर आइरहेका थिए तर कुनै गुप्तचर एजेन्सीसँग उनको मृत्युको ठोस प्रमाण थिएन

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board