काठमाडौं, २७ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् ।प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतसँग छलफल गरेका थिए । यता प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकासँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताए । अहिले पनि सूचना टाँस गर्न मिल्छ र रु भन्ने पत्रकारको प्रश्नमा नेम्वाङले भने( ‘मिल्छ । नेपालमा कस्ता(कस्ता काम त भइरहेका छन् भने कानूनबमोजिमको यो काम किन गर्न मिल्दैन ।’
सभामुखले बोलाए शीर्ष नेताको बैठक : कारवाही गरेको सूचना टाँस गरे संवाद हुन सक्छ : एमाले
प्रतिक्रिया