क्रिष्टल डिष्टिलरीमा राजस्व अनुसन्धान कार्यालयको छापा : उद्योग शिल

बुटवल, २७ भदौ। राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीमा छापा मारेको छ ।

नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले नक्कली स्टिकर बरामद घटनाको सम्बन्धमा गहिराइमा अनुसन्धान जारी रहेको र केही दिनमा नक्कली अन्तशुल्क स्टिकर कुन उद्योगमा प्रयोग भइरहेको छ भन्ने खुल्ने बताए । रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो ।

लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए । दुवै जनालाई अहिले पनि प्रहरी नियन्त्रणमा राखी अनुसन्धान जारी राखिएको छ ।उक्त स्टिकरबारे अनुसन्धान गर्दै जाँदा आन्तरिक राजस्व कार्यालय भैरहवाले नवलपरासीको दीक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टार सोफी’ ब्राण्डका ५० कार्टुन मदिरा बरामद ग¥यो । बरामद मदिराको नमूनासहित अनुसन्धानका लागि विभागमा पठाइएको छ । सो स्टिकरको अनुसन्धानको क्रममा क्रिष्टल डिस्टिलरीमा छापा मारेर शिल गरिएको हो ।मदिरा उद्योगमा आन्तरिक राजस्व कार्यालयका एकजना कर्मचारी नै खटाउने व्यवस्था छ । उनकै निर्देशनमा अन्तशुल्कका स्टिकर टाँस्ने र निकासीका लागि राजस्व तिरेर आएपछि सोही कर्मचारीको रोहवरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी व्यवस्था छ ।आन्तरिक राजस्व कार्यालयका कर्मचारीको मिलोमतोविना उद्योगले नक्कली स्टिकर र नक्कली मदिरा बनाउन सम्भव नहुने जानकारहरु बताउँछन् ।त्यसैले यो घटनामा आन्तरिक राजस्व कार्यालयका कर्मचारी र भन्सारका कर्मचारीको संलग्नताको आशंका गरिएको छ । ‘भारतमा छापेर नेपालमा अन्तशुल्कको स्टिकर ल्याउने धन्दामा भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने भएकाले भन्सारमा कार्यरत कर्मचारीमाथि पनि छानविन गर्न गरिनुपर्ने आवाज उठेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति