नेपालमा रहेको एमसीसीको टोली आज राति फर्कँदै

काठमाडौं, २७ भदौ । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० को टोलीले एमसीसी परियोजनाको बारेमा शीर्ष तहको छलफल सकेर आज फर्कँने भएको छ ।छलफल र संवाद सकेर एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली आज राति साढे ८ बजे फर्कँदैछ । तीन दिनको बसाईमा प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका शीर्ष नेतासँग भेटेर एमसीसीका उपाध्यक्ष सुमारको टोलीले एमसीसी परियोजनालाई चाँडै अनुमोदन गर्न वा अस्वीकार गर्न आग्रह गरेको नेताहरूले बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ताधारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गरेर मात्रै एमसीसीको बारेमा निर्णय गर्ने निचोडमा पुगेको बताएको सचिवालयले जनाएको छ । उपाध्यक्ष सुमारसहितको टोलीले हिजो अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यस बारेमा छिटो टुङ्गो लगाउन अनुरोध गरेको मन्त्री शर्माको सचिवालयले जनाएको छ । मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एससीसीबारे राजनीतिकस्तरमा छलफल भइरहेको बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति