जेलमै बिते पेरूका पूर्वविद्रोही नेता गोन्जालो

काठमाडौं,२७ भदौ । पेरूमा एक जना पूर्वविद्रोही नेताको जेलमै निधन भएको छ।बिबिसीका अनुसार विद्रोही समूह ‘साइनिङ पथ’का नेता अबिमायल गुजम्यानको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो। उनलाई धेरैले अध्यक्ष गोन्जालो भनेर चिन्थे।दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ गरिएको थियो। अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो। त्यसपछि उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए।

गत जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएपछि जेलबाट अस्पताल पठाइएको थियो।कम्युनिष्ट र माओ विचारधाराबाट प्रभावित गोन्जालोले सन् १९६९ मा साइनिङ पथ नामक समूह बनाएका थिए। उक्त समूहले पछि पेरूको सरकारविरूद्ध विद्रोह छेडेको थियो। बुर्जुवा प्रजातन्त्रलाई फालेर कम्युनिष्ट राज्य स्थापना गर्ने उनीहरूको लक्ष्य थियो।एक दशकभन्दा बढी चलेको साइनिङ पथ र पेरूको सरकारबीचको युद्धमा झन्डै ७० हजार मानिस मारिएका थिए।

सन् १९९२ मा गोन्जालो राजधानी लिमाबाट पक्राउ परेका थिए। उनको पक्राउपछि साइनिङ पथ समूहलाई निकै ठूलो धक्का लागेको थियो। उक्त समूहका धेरै सदस्यले पछि सरकारसँग आत्मसमर्पण गरेका थिए।अहिले पनि सानो संख्यामा साइनिङ पथका सदस्यहरू पेरूमा सक्रिय छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board