काठमाडौँ, २७ भदौ । मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन्। नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग आज अर्थ मन्त्रालयमा भेटेका हुन्।
भेटका क्रममा अर्थमन्त्री शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताए।सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरिन्। भेटमा अर्थमन्त्री शर्माले एमसीसी नेपालको लागि आवश्यक रहेको बताउदै त्यसलाई पारित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको जनाएका छन् ।
प्रतिक्रिया