ट्राफिक प्रहरी र नागरिक गरे सडक सरसफाई

काठमाडौं, २६ भदौ । कोटेश्वर ट्राफिक प्रहरी र मनोहरा सरफाई तथा सम्पदा बचाउ नागरिक अभियानले सरसफाइ कार्यक्रम गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख रामकृष्ण देवकोटाको संयोजनमा सरसफाइ गरिएको हो ।

सडकको चोकमा उभिएर सधैं जसो हात हल्लाउदै, सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु सरसफाइमा पनि निरन्तर जुर्दै आई रहेका छन् । ट्राफिकका अधिकृत देखि जवानसम्म र स्थानीय युवा युवतीहरुको सहभागीमा कोटेश्वर, जडिबुटी र बालकुमारी क्षेत्रमा सरसफाइ गरेका हुन् ।

प्रहरी निरीक्षक देवकोटाले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समाजमा जनचेतनामूलक देखि समाजमा प्रत्यक्ष गएर यस्ता गतिविधि सञ्चालन गरिरहको बताए । कोभिडबाट सुरक्षित हुन विभिन्न चरणको अभियान महाशाखाकै निर्देशनमा हुने गर्दछ ।यो समयमा तपाईंको मास्क खोई ? लगायतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियोे । कोटेश्वर ट्राफिकले जनचेतना अभियान, वढि भाडा, स्ट्रिकर टास अभियान, र कोभिड १९ लाई लक्षित जनमुखी अभियान यति खेर प्रशंसनीय रहेको स्थानीय बताउछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति