पूर्वराजदूत राणाको निधन

काठमाडौं, २६ भदौ । पूर्वराजदूत एवं ब्यवसायी रुक्मशम्शेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको हो । उनी भारतका लागि राजदूत भएका थिए ।व्यवसायी राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक पनि हुन । उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पनि भएका थिए ।पूर्वराजदूत राणाको जन्म १२ मार्च, १९३६ मा भएको थियो । उनको आइतबार दाहसंस्कार गरिने परिवारजनले बताएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति