ब्यक्तिगत काम भएको भन्दै भारतका दुई नेता काठमाडौंमा

काठमाडौँ, २६ भदौ । भारतका दुई नेता काठमाडौंमा छन् । भारतीय जनता पार्टीका पूर्वमहासचिव तथा राष्ट्रिय स्वयंसेवक संघ (आएएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द परान्डे बिहीबार काठमाडौं आएका हुन् । उनीहरू व्यक्तिगत कामको सिलसिलामा काठमाडौं आएको उनीहरूनिकट एक व्यक्तिले जानकारी दिए । आरएसएस र परिषद्को गतिविधिलाई अझ बढाउनका लागि गृहकार्य गर्न काठमाडौंमा आएको हुन सक्ने ती व्यक्तिले बताए ।भाजपा नेता माधवले नेपालमा राजनीतिक भेटघाट गर्नेरनगर्ने केही जानकारी सार्वजनिक भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति