फतिमालाई देउवाको आश्वासन : राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढ्छ

काठमाडौं, २५ भदौ । नेपाल भ्रमणमा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले आज बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरेको हो ।भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताएको भेटमा सहभागि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।भेटपछि ट्वीट गर्दै प्रधानमन्त्री देउवाले सुमारसँगको भेटमा एमसीसी सम्झौता लगायत नेपाल र अमेरिकाबीचको द्धिपक्षीय साझेदारीबारे छलफल भएको जनाएका छन् ।एमसीसी सम्झौताको कार्यान्वयनबाट नेपालको सम्भावित आर्थिक सम्भाव्यताबारे समेत छलफल भएको देउवाले जनाएका छन् । एमसीसी उपाध्यक्षलाई भेट्न पाउँदा देउवाले खुशि व्यक्त गरेका छन् ।सत्तारुढ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, बाबुराम भटट्राई, उपेन्द्र यादवले पनि राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने जानकारी टोलीलाई दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति