बानेश्वरमा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं, २५ भदौ । काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।युवा संघले निकालेको टर्च र्‍यालीमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको हो । जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र, नेपाली आकाशमा विदेशी हेलिकप्टरका विषयमा ‘सरकार कहाँ छ ? ’ भन्दै युवा संघले शुक्रबार साँझ टर्च र्‍याली निकालेर प्रदर्शन गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति