नारावाजीबीच सभामुखले अघि बढाए संसदको कारवाही

काठमाडौं, २५ भदौ । सभामुखले पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ ।एमालेको नारावाजीकै बीच सभामुख अग्नि सापकोटाले संसदको कारवाही अघि बढाएका छन् । सभामुख सापकोटाले आफू बसेको ठाउँबाट प्रस्ताव पेस गर्न भनेका थिए ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आर्थिक २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न लगाइएपनि उनले प्रस्ताव पेस गर्न वातावरण बनाइदिन आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति