एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,२५ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।
बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले विधान महाधिवेशन असोज ४ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको एमालेले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति