सत्ता गठबन्धनको बैठक बस्दै : यस्ता छन् छलफलका विषय


काठमाडौं, २५ भदौ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।शुक्रबार बिहान ९ बजेका लागि बैठक तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी हुनेछन्।मन्त्रिपरिषदलाई पूर्णता दिने, संसद निरन्तर चलाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे आज गठबन्धन बैठकमा छलफल हुन लागेको स्रोतको भनाइ छ।बिहीबार पनि गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव व्यस्त रहेको भन्दै अनुपस्थित भएपछि आजका लागि बैठक राखिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति