तालिबानले सरकार बनाएपछि पहिलोपटक बोल्यो साउदी अरब

काठमाडौं, २५ भदौ । अफगानिस्तानमा तालिबानको अन्तरिम सरकार गठन भएपछि साउदी अरबले पहिलोपटक प्रतिक्रिया दिएको छ।

साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले भने, ‘हामी आशा गर्छौं– तालिबान र सबै पक्षले शान्ति र सुरक्षाका लागि काम गर्नेछन्।’

प्रिन्स फैसलले अगाडि भने, ‘साउदी अरबको आशा छ– अफगानिस्तानको कार्यवाहक सरकारले सही दिशामा काम गर्नेछ र नागरिकलाई हिंसा, आतंकबाट मुक्ति दिलाउनेछ।’
उनले साउदी अरबले अब अफगानिस्तानमा शान्ति र स्थिरता आउने आशा गरेको बताएका छन्। साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार प्रिन्स फैसलले आफ्नो मुलुकले अफगान नागरिकलाई सहयोग गर्ने क्रम जारी राख्ने बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति