एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच दिउँसो २ बजे बालकोटमा भेटवार्ता हुँदै

काठमाडौं, २४ भदौ । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डलले आज राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने भएको छ । आज बिहान काठमाडौं उत्रिएको सुमार नेतृत्वको टोलीले आजै अमेरिकी राजदूत बेरीसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको बालकोटमा भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

ओलीसँग भेटेपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । अनुदान सम्झौतालाई लिएर नागरिक तथा सत्तारुढ गठबन्धनबीचमै मतभेद कायमै रहँदा समर्थन जुटाउन सुमार काठमाडौं आएकी हुन् ।

सरकारबाट हटेपछि एमाले एमसीसीलाई लिएर अनिर्णित छ । सरकारमा रहँदा एमसीसी अनुमोदनमा दबाब दिएको एमाले प्रतिपक्षीमा गएसँगै अनिर्णित देखिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति