एमसीसी उपाध्यक्षले प्रधानमन्त्रीभन्दा पहिला एमाले अध्यक्ष ओलीलाई भेट्ने

काठमाडौं, २४ भदौ।  अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौँ आइपुगेको छ ।

उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन् । उनीहरु बिहीबार कतारबाट काठमाडौँ आएका हुन् । नेपालमा एमसीसी संसद्‌मा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।त्योभन्दा अगाडि उनले विपक्षी दलका नेता एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यतालिका रहेको छ । साथै उनले अन्य दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यतालिका रहेको स्रोतले जानकारी दियो ।

उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसिसीबीच सम्झोता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

उपाध्यक्ष फतिमाको टोलीले आजैबाट राजनीतिक भेटघाट शुरु गर्ने कार्यक्रम रहेको बताइएको छ । उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सँग हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ ।

ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सँगको भेट भोली ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति