शाखा अधिकृत परिक्षार्थीहरुले किन दिए लोकसेवा आयोगको कार्यालयमा धर्ना, यस्तो छ कारण

काठमाडौं, २३ भदौ । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परिक्षार्थीले लोकसेवा आयोगको कार्यालयमा शान्तिपुर्ण धर्ना दिएका छन् । सर्वोच्च अदालतको आदेशका कारण रोकिएको शाखा अधिकृतको नजिता तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित १ सय भन्दा बढी संख्यामा उपस्थित भएका परिक्षार्थीले बुधबार आयोगको कार्यालय कमलपोखरी पुगेर धर्ना दिएका हुन् । ‘लोकसेवा आयोगप्रती हाम्रो पुर्ण विश्वास छ, लोकसेवा आयोग हाम्रो अभिभाबक हो’ लगायतका नारा भएका प्लेकार्ड बोकेका थिए । धर्नापछि आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र सचिब महेन्द्रप्रसाद गुरागाईलाई भेटेर नतिजा जतिसक्दो चाडै प्रकाशन गर्न आग्रह गरिएको एक परिक्षार्थीले जानकारी दिए । अध्यक्ष रेग्मीले सामान्य प्रशासन मन्त्रालयले दरबन्दीको समस्या मिलाएर पठाएपछी आयोगले नतिजा प्रकाशन गर्ने जवाफ दिएको ति परिक्षार्थीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति