एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको काठमाडौंमा प्रदर्शन

काठमाडौं, २३ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर-पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा (माले)का अध्‍यक्ष सीपी मैनाली लगायत सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति