अमेरिकी राजदूत बेरी र नेता भट्टराईबीच भेटवार्ता

काठमाडौं, २३ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबिच भेटवार्ता भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोर्रेसन एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भैरहेको बेला बेरीले भट्टराईलाई भेटेका हुन् । बुधबार राजधानीको एक होटलमा दुईजनाबीच भेटवार्ता भएको हो । यसैसाता एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आउने कार्यक्रम छ । एमसीसी टोली काठमाडौं आउनुअघि राजदूत बेरीले एमसीसीमा समर्थन जुटाउन भेटवार्ता थालेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति