काठमाडौं, २३ भदौ । नेकपाल एमालेको आज बसेको संसदीय दलको बैठकमा नेकपा समाजबादीमा सनाखत गर्न गएकी साँसद माया ज्ञवाली पनि उपस्थित भएकी छिन। उनि नेकपा एमालेका तत्कालिन संगठन विभाग प्रमुख स्वर्गीय जीवराज आश्रितकी धर्मपत्नी हुन।
संसद भवन नयाँ बानेश्वर स्थित ल्होत्सेहलमा नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपि ओलिको अध्यक्षतामा संसदीय दलको बैठक बसिरहेको छ। बैठकमा सो पार्टीका उपाध्यक्ष सांसद भिम रावलले नेकपा एमाले पार्टीको एकता र एमसिसी बारे बैठका बिचार व्यक्त गरेका थिए। सो बैठकमा संसदीय दलका उपनेता शुवास नेम्बाङज्युबाट संसद आजदेखि सुरु हुने संसदको अधिवेशनमा नेकपा एमाले पार्टीको भुमिकाबारे पार्टीको धारणा प्रस्तुत गरेका थिए।
प्रतिक्रिया