प्रदेश २ मा ८ सय ६६ जना जनप्रतिनिधिले जसपा त्यागेर रोजे लोसपा

काठमाडौं, २२ भदौ ।  प्रदेश २ मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० मा सनाखत गरेका छन्।

प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरी लोसपा रोजेका हुन्।

महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका हुन्। सर्लाहीमा १ सय ३७, रौतहटमा ८८, बारामा १ सय ३८ पर्सामा २८, सप्तरीमा ९६, सिरहामा १२ र धनुषामा १०९ जना जनप्रतिनिधिले लोसपामा सनाखत गरेका हुन्। यद्यपि कुन ओहोदाका कति जनप्रतिनिधिले लोसपामा सनाखत गरेको भन्न नमिल्ने प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले बताइन्। भोलिसम्म प्रदेशभरका तथ्यांक निर्वाचन आयोगको कार्यालयमा बुझाउने उनले जानकारी दिइन्। प्रतिनिधिसभाका १५, प्रदेश २ को प्रदेशसभाका १६, जसापा कार्याकारिणीका १७ सदस्यले लोसपामा सनाखत गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति