एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीविरुद्ध नेपालको जित

काठमाडौं, २२ भदौ ।  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनीविरुद्ध जित हासिल गरेको छ । ओमानमा भएको खेलमा नेपाल २ विकेटले विजयी भएको हो । पपुवा न्युगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गरेको हो ।

टस हारेर पहिले बलिङ गरेको नेपालले राम्रो प्रदर्शनी गरेपनि ब्याटिङ भने निकै खराब रह्यो । ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजअघिको पहिलो अभ्यास खेलमा नेपालको बलिङ लाइन कमजोर देखिएको हो । नेपालको जितमा रोहित पौडेलले ४१ रन बनाए। त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र सोमपाल कामीले अविजित २२ रन बनाए। यसअघि पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनाएको थियो । उसका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।नेपालले पपुवा न्युगिनीलाई ३३ ओभरमा अल आउट गर्दा सन्दिप लामिछानेले ४ विकेट लिए । सन्दीपले १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिएका हुन् ।

नेपालका लागि विक्रम शोब र कुशल मल्लले २/२ तथा सोमपाल कामीले १ विकेट लिए । शोबले डेब्यु खेलको पहिलो बलमै कीर्तिमानी विकेट लिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति