माधव नेपाललाई सुरेन्द्र पाण्डेको आग्रहः पार्टीमा फर्केर गल्ती सच्याउनुहोस– नेता पाण्डे

पोखरा, २२ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन्। कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए। विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ।

माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल गर्‍यौं। तर छोडेर जानुभयो, उनले भने, हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो। उहाँले हामीलाई धोका दिनुभयो। एमाले अहिले विशिष्ट स्थितिमा रहेको भन्दै यो संकट टार्न सबैसँग आग्रह गरे। २०५४ सालको पार्टी विभाजनले जस्तै अहिलेको विभाजनले पनि पार्टी समस्यामा फस्ने उनको भनाइ छ। पार्टी एकता कार्यदलमा सदस्य भएर काम गरेका उनले धेरै प्रयास गर्दा पनि पार्टी मिलाउन नसकेको बताए।

नेताहरुको झगडाले ठूला घटना हुने भन्दै नेताहरुले नै सुधार्नुपर्ने सुझाव दिए । विदेशी शक्तिले खेलेर विभाजनमा सघायो। विदेशीहरु पनि खेल्छन्। यसपालि पनि खेलेु, उनले भने, तर उनीहरुलाई मात्र आरोप लगाउन आवश्यक छैन। हाम्रो आफ्नै दोष छ। उनले विभाजनका कारण पार्टीलाई ५ देखि १० प्रतिशत हाराहारीमात्रै नोक्सान हुने दाबी गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति