भियतनाममा कोभिड फैलाएकोमा ५ बर्ष जेल सजाँय

काठमाडौं, २२ भदौ ।  भियतनाममा एकजना नागरिकलाई कोभिड १९ को क्वारेन्टाइनको कडा नियम तोडेको र अरुलाई भाइरस फैलाएको आरोपमा पाँच बर्षको जेल सजाय सुनाईएको छ।

२८ वर्षिय लि भान ट्रीलाई भियतनामको दक्षिणी प्रान्तस्थित माउको पीपुल्स कोर्टमा खतरनाक संक्रामक रोग फैलाएकोको दोषी ठहर्याईएको भियतनाम समाचार एजेन्सी ९वीएनए० ले जनाएको छ।

उनले हो ची मिन्ह सिटीबाट सिए माओ भन्ने स्थानसम्मको यात्रा गरी २१ दिनको क्वारेन्टाइन बस्नु पर्ने नियम मिचेका थिए।

उनले आठ जनालाई संक्रमित गरेको जसमध्ये एकको उपचारको एक महिना पछि भाइरसको कारण मृत्यु हुन गएको समाचारमा जनाईएको छ।

सीए माउ भियतनामको दक्षिणी प्रान्तमा पर्दछ जहाँ कोरोनाको संक्रमण सुरु भएदेखि हालसम्म १ सय ९१ जना मात्र संक्रमित भएका छन जसमध्ये २ जनाको मृत्यू भएको थियो।

होचिमिन्ह सिटीमा भने २ लाख ६० हजार जना संक्रमित भैसकेका छन जसमध्ये १० हजार ६ सय ८५ जनाको मृत्यू भैसकेको छ।

भियतनाममा ५ लाख ३६ हजार मानिस संक्रमित भैसकेका छन जसमा १३ हजार ३ सय ८५ जनाको मृत्यू भएको छ। यसअघि पनि भियतनाममा कोरोना संक्रमण फैलाएको आरोपमा एकजनालाई २ वर्ष र अर्कोलाई १८ महिना जेल सजाँय दिईएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति