अमेरिकी दूतावासले भन्याे– ‘एमसीसीबारे तथ्यपूर्ण बहसकाे पक्षमा छाैँ’​

काठमाडौं, २२ भदौ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे तथ्यपूर्ण बहसको पक्षमा रहेको बताएको छ ।

सोमवार बेलुकी एक विज्ञप्ति निकाल्दै दूतावासले कुनै विषयमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा रहेको भन्दै एमसीसी बहसमा पनि यो कुरा लागू हुने बताएको हो ।

दूतावासले लेखेको छ, ‘हामी एमससीबारे हुने तथ्यमा आधारित बहसको पक्षमा छौँ, लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार छ ।’

हिजो आइतवार गृह मन्त्रालयले विभिन्न विषयमा छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने विज्ञप्ति निकालेको भोलि पल्ट दूतावासले यस्तो विज्ञप्ति निकालेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति