काठमाडौं, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सुदूरपश्चिम प्रदेशसभाबाट थप एक सदस्यले सनाखत गराएका छन् ।
नेकपा एमालेका १३ प्रदेशसभा सदस्य यसअघि नै नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका थिए भने सोमबार अर्का एकजना खुलेसँगै प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका सदस्य संख्या १४ पुगेको हो ।प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादीका पक्षमा सोमबार सनाखत गराएकी हुन् ।निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म विभाजन भएर बनेका नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिलाई समय तोकेको छ ।सुदूरपश्चिम प्रदेशसभामा अब सभामुखसहित एमालेमा ११ सांसद बाँकी छन् । विभाजनअघि प्रदेशसभामा एमालेका २५ जना सांसद थिए ।एमालेबाटै सभामुख बनेका अर्जुनबहादुर थापा कानुन अनुसार कतै खुल्नुपर्ने बाध्यता छैन ।
सुदूरपश्चिममा एकीकृत समाजवादीको सांसद संख्या १४ पुग्यो
प्रतिक्रिया