वर्ष पनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार नदिइने कारण यस्तो

काठमाडौं, २१ भदौ । सरकारले यो वर्ष पनि सर्वोकृष्ट निजामती कर्मचारी भेट्टाउन सकेन । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।११ भदौमा मनाइने निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४१ जनालाई पुरस्कार दिने व्यवस्था छ । सर्वोत्कृष्ट निजामती पुरस्कार २ लाख रुपैयाँ, उत्कृष्ट १ लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ ।तर यो वर्ष पनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार नदिइने एक मन्त्रीले जानकारी दिए ।सबैभन्दा राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको यो पुरस्कार पछिल्लो पटक २०७३ सालमा तत्कालिन सचिव शान्तराज सुवेदीले पाएका थिए । त्यससताका पाँच वर्ष यो पुरस्कार दिइएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति