काठमाडौँ, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका एक सय बढी नेताहरुलाई मन्त्री बनाइसके पनि तीबाट आफूले सोचेजति साथ नपाएको गुनासो गरेका छन्। प्रदेशका नेताहरु प्रशिक्षण दिँदै प्रचण्डले पार्टी बनाउन नसक्ने हो भने विघटन गर्नुपर्ने बताएका थिए।
भदौ १७ मा लुम्बिनी, १८ मा बागमती र १९ गते प्रदेश १ का केन्द्रीय सदस्य, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरुलाई प्रचण्डले भर्चुअल सम्बोधन गरेका थिए। आफूले जसलाई अवसर दियो, उसैले धोका दिएको दुखेसो प्रचण्डले पोखेका थिए। अहिले पनि पार्टीका धेरैजसो नेताहरुले मन्त्री बनाउन दबाब दिइरहेको उनको भनाइ थियो।
रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरुले धोका दिएको पनि उनले स्मरण गरे। ती नेताहरु २०७७ फागुन २३ पछि माओवादी केन्द्र छोडेर एमाले पार्टीमा प्रवेश गरेका थिए।
‘मैले आजसम्म प्रदेशका समेत गरेर सय बढीलाई मन्त्री बनाएछु,’ प्रदेश १ का नेताहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर, मन्त्री बन्ने, जनताको पक्षमा काम नगरी ती साथीहरु मलाई नै छोडेर जानुभयो, अब फेरि मन्त्री बनाउन दबाब दिइरहने संख्या बढ्दै गएको छ।’
‘पार्टी कसैले नबनाउने, नेतृत्वलाई घुर्क्याउन माग मात्र राख्ने गर्दा त कसरी पार्टी बन्छरु’ प्रचण्डले सोधेका थिए, ‘जिम्मेवारी र अवसर हुँदा पार्टी बन्छ भनेर जिम्मेवारी दियो तर, जिम्मेवारी पुरा नगरी अन्त हिँडिदिने ? यो कस्तो कार्यशैली होरु दिएर मात्र पार्टी बन्ने भए माओवादीमा अवसर पाउन बाँकी साथीहरु निकै थोरै हुनुहुन्छ।’ केन्द्रीय सदस्य सुदन किरातीका अनुसार प्रचण्डले पार्टी चुस्त नबनाउने हो भने विघटन गर्नुपर्ने बताएका थिए।
प्रतिक्रिया