काठमाडौँ, २१ भदौ । काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत र जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघको प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो । ुस्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको छ,ु प्रजिअ अधिकारीले भने ।कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरु खुला भएका छन् ।
काठमाडौंका विद्यालय असोज १ गतेदेखि खुला हुने
प्रतिक्रिया