दुई घण्टामा ११५ अंकले बढ्यो नेप्से

काठमाडौं, २१ भदौ । नेप्से परिसूचक २ घण्टामा १ सय अंकमाथिले बढ्न पुगेको छ । हिजो १०८ अंकले घटेको बजार आज लयमा फर्कन थालेको हो । दुई घण्टाको कारोबारमा अहिले नेप्से ११५ अंकले बढ्न पुगेको छ ।राष्ट्र बैंकले ल्याएको सीमा कर्जा नीतिका कारण सेयर बजार उच्च अंकले घट्ने र बढ्ने गरिरहेको छ । अहिले लगानीकर्ताले राष्ट्र बैंक घेराउ गरिरहेका छन् । अर्थमन्त्रालयले गभर्नरलाई सेयर धितोकर्जा फिर्ता लिन दबाब दिइरहेको सार्वजनिक भइसकेको छ ।गभर्नर भने आफ्नो निर्णयमा अडिग छन् । परिसूचक केही घण्टामै बढेपनि बजार केही घण्टामा उच्च अंकले बढेपनि कारोबार रकम भने धेरै बढ्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति