कुलमानविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं, २० भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाई भएन । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको थियो । तर उक्त रिट हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।

सरकारले तत्कालिन कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यका रुपमा लगी साउन २५ गते विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो ।

सरकारको उक्त निर्णय विरुद्ध शाक्यले सर्वोच्चमा दिएको रिटमा भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले कुलमानको नियुक्तिको सक्कल निर्णय झिकाउन आदेश दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति