किन आउँछ महिलामा दाह्री जुँगा ?

काठमाडौं । महिलामा विभिन्न कारणले गर्दा अनुहारमा रौँ पलाउने गर्छ । जसमा स्वास्थ्यमा आउने गडबडी मुख्य हो । खासगरी महिलाको शरीरमा रहेको टेस्टोरोन हर्मोनका कारण यस्तो समस्या देखापर्छ । त्यस्तै, विनाकारण हुने इडियोपार्थिकले पनि महिलामा दाह्री–जुँगा देखिन्छ । पोलिस्टिक सिन्ड्रोमका कारण पनि कपाल बढी पलाउने गर्छ । त्यस्तै, डिम्बाशयमा हुने कुनै ट्युमरका कारण शरीरको विभिन्न भागमा अनावश्यक रौँ पलाउने गर्छ ।

त्यस्तै, पुरुषको तुलनामा महिलामा छिटोछिटो हर्मोन गडबड हुने भएकाले रौँ देखापर्छ । यसबाहेक छालासम्बन्धी रोग र थाइराइडमा समस्या हुने व्यक्तिमा अनावश्यक कपाल पलाउने सम्भावना बढी रहन्छ । कतिपय महिलामा भने वंशाणुुगत गुणका कारणसमेत दाह्री–जुँगा पलाउने गर्छ । त्यस्तै, हर्मोन परिवर्तन गर्ने औषधिको जथाभावी प्रयोगका कारणसमेत अनावश्यक रौँ देखापर्छन् । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board