दाङमा माछाले टोकेर एकको मृत्यु

काठमाडौं, १९ भदौ ।  दाङको लमहीमा अढाई जातको माछाले टोक्दा एकजनाको मृत्यु भएको छ ।लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टोकेरे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति