भदौ २३ गते संघीय संसद् अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, १९ भदौ ।  सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश निष्क्रिय बनाएर संसद अधिवेशन बोलाउने भएको छ । मन्त्रिपरिषदको शनिवार बसेको बैठकले संसदको अधिवेशन भदौ २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।अध्यादेश बमोजिम २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोजेपछि अध्यादेश संसदमा नलगी निष्क्रिय बनाउने सम्भावना छ ।

यो अध्यादेश कायम रहदा संसदमा पेश गर्नुपर्ने र संसदमा सत्ता गठबन्धनको बहुमतले पारित गर्दा भोलि २० प्रतिशत सांसदले आफ्नै दल विभाजन गर्ने खतरा रहेकाले अध्यादेश निष्क्रिय गरेर संसद बोलाउन लागिएको हो ।

विशेषगरि सत्तारुढ जसपामा अहिले रहेका २० सांसदमध्ये मन्त्रीपरिषदमा नपर्नेहरुमध्ये ४ जनाले मात्र चाहदा पनि पुनः विभाजन हुने खतरा छ । त्यसैले अध्यादेश निष्क्रिय बनाएरमात्र मन्त्रिपरिषद विस्तार गर्ने तयार सत्ता गठबन्धनको छ ।मन्त्री बन्न नपाउनेहरुले दल विभाजन गर्न २० प्रतिशत सहज हुने भएकाले अध्यादेश संसदमा नलगी निष्क्रिय बनाउनेबारे छलफल भइरहेको छ । बजेट प्रतिस्थापन बिधेयक ल्याएर पारित नगरे विकास खर्च र तलब समेत खुवाउन नसकिने भएपछि सरकारलाई संसद बोलाउनुपर्ने बाध्यता छ । तर सभामुखविरुद्ध एमाले आक्रामक बनेकाले संसद सहज रुपमा चल्न गाह्रो देखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति