एमाले जुम्लाको सिंगै कमिटी एकीकृत समाजवादी पार्टीमा विलय


काठमाडौं, १९ भदौ ।एमालेको जुम्ला जिल्ला कमिटी माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा विलय भएको छ।शनिबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो।
जुम्लामा एमालेको ६१ सदस्यीय जिल्ला कमिटी थियो। तीन जनामध्ये सिंगो कमिटी समाजवादीमा गएको जिल्ला अध्यक्ष तीर्थबहादुर बुढाले बताए।
त्यस्तै, निर्वाचित जनप्रतिनिधिहरूमध्ये प्रदेश ख का सांसद पदम रोकायालगायत नगरपालिकामा जितेका सबै वडा अध्यक्षहरू पनि समाजवादीमा गएका छन्। अन्य जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा सनाखत गर्न आह्वान गरिएको उनले बताए। भदौ २३ गते समाजवादीको भेला गर्ने निर्णय भएको बुढाले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति