मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न गृहको अनुरोध

काठमाडौँ, १९ भदौ । गृहमन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न आम नागरिकमा अनुरोध गरेको छ । मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्याम र सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्तिजस्ता गतिविधि भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेदद्वारा आज जारी विज्ञप्तिमा विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न र नगराउन भनेको छ ।

त्यस्ता अभिव्यक्ति तथा गतिविधिको मन्त्रालयले सुक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्ने विरुद्ध कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी पनि दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति