पुरुषसरह अधिकार पाउनुपर्ने मागसहित काबुलमा महिलाहरूको प्रदर्शन

काठमाडौं, १९ भदौ । अफगानिस्तानमा शुक्रबार महिलाहरूले सडकमा निस्किएर प्रदर्शन गरेका छन् । शुक्रबार राजधानीमा काबुलस्थित राष्ट्रपति भवनबाहिर महिलाहरूको समूहले प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले बोकेका प्लेकार्डमा ‘एक साहसी सरकार जसमा महिला सहभागिता पनि होस्’, ‘महिला अधिकार, पुरुषसँग बराबर’ लगायतका नारा लेखिएको थियो ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै महिलाको अवस्थाका बारेमा चिन्ता व्यत्त, गरिएको छ । तर शुक्रबार महिलाहरू आफै आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन् । संयुक्त राष्ट्रसंघको रिपोर्टमा तालिबान कालमा शोषण, महिलामाथि प्रतिबन्धलगायतका विषय चिन्ताको विषय बनेको बताइएको छ । यसभन्दा पहिले तालिबान शासनमा महिलालाई पूरा शरीर ढाक्ने बुर्का अनिवार्य र दस वर्षमाथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाइएको थियो ।

पछिल्लो समय तालिबानी नेताहरूले महिलालाई कुनै प्रतिबन्ध नलगाइने बताउँदै आएका छन् । उनीहरूले इस्लामिक कानुन शरियाबमोजिम शासन चलाउने बताउँदै आएका छन् । तर महिलालाई कुन भूमिका दिने भन्नेबारेमा भने उनीहरूले केही स्पष्ट पारेका छैनन् । तालिबानले छिट्टै नयाँ सरकार घोषणा गर्ने बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादरले नयाँ सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति