भारतमा थपिए ४२ हजार ३४६ संक्रमित, ३४० संक्रमितको मृत्यु

काठमाडौँ, १९ भदौ । भारतमा थप ४२ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ४४ हजार ६९१ पुगेको छ ।

शनिवार विहानसम्म भारतमा ४ लाख १२ हजार ३१८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४० हजार २५६ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति