‘नेपालसँग कुनै सीमा विवाद छैन’ – चीन

काठमाडौं, १८ भदौ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयप्रति चीनले प्रतिक्रिया जनाउँदै नेपालसँग त्यस्तो कुनै विवाद नरहेको बताएको छ ।नेपालस्थित चीनियाँ राजदूतवासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैले स्पष्ट पारिसकेको उल्लेख गरेको छ ।
‘सन् १९६० को दशकमा नै नेपाल र दुई मुलुकले मैत्रीपूर्ण छलफबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भने, ‘केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति