बृहत् नागरिक आन्दोलनको निर्कष : सरकारले हुम्लामा सीमासम्बन्धी विषय रणनीतिक बनाउन खोज्यो

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रका मामिला समाधानतर्फ अग्रसरताको सट्टा वैदेशिक सम्बन्धमा अविश्वास, आशंका र अन्यौल बढाउने खतरा देखाएको बृहत् नागरिक आन्दोलनले बताएको छ। जयसिंह धामी घटनामा भारतसँग जवाफ माग्ने, दोषीलाई दण्डित गराउने र सीमामा नेपालीको सुरक्षा सुनिश्चित गराउनेमा सरकार शिथिल भएको भन्दै उक्त घटनाप्रति आन्दोलनले आपत्ति जनाएको हो। यसैबीच सरकारले हुम्लामा चीनसँगको सीमाबारेको संवेदनशिलताभन्दा रणनीतिक बनाउन खोजेको आन्दोलनले बताएको छ।‘मन्त्रिपरिषदले हुम्ला सीमामा चीनबाट नेपाली भूमि अतिक्रमण भएको अध्ययन गर्न कार्यदल बनाएको औपचारिक घोषणा गरेर कूटनीतिमा आवश्यक कौशल वेवास्ता गरेको मात्र होइन, छिमेकीहरूसँगको सम्बन्धलाई विषयको संवेदनशीलताभन्दा रणनीतिक बनाउन खोजेको छ’, शुक्रबार आन्दोलनद्वारा विज्ञप्तिमा बताइएको छ। त्यसै अमेरिकी सहायता परियोजनाको विवादका सन्दर्भमा राष्ट्रिय बहस र सहमतिभन्दा बलमिच्याइँ र ध्रुवीकरण निम्त्याउन खोजेर अर्को अपरिपक्वता प्रकट गरेको आन्दोलनको बुझाइ छ।
‘विदेश सम्बन्धलाई अविश्वसनीय बनाउने र देशभित्र अनावश्यक विवाद सिर्जना गरी राष्ट्रका प्रमुख संकटहरू सम्बोधन गर्नबाट बञ्चित रहने प्रवृत्तिविरूद्व हामी खबरदारी गर्दछौं’, आन्दोलनले भनेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति