भारतले नेपाललाई ४ सय २० करोड सहयोग

काठमाडौं, १८ भदौ ।  भारतले नेपाललाई ४ सय २० करोड सहयोग गर्ने भएको छ। साँस्कृतिक सम्पदा परियोजना पुनर्निर्माणका लागि भारतले अनुदान सहयोग गर्ने भएको हो ।

ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारले उक्त रकम अनुदान सहयोग गर्ने भएको हो ।

सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

भारतीय दुतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री करुण वंशल र आयोजना कार्यान्वयन इकाई परियोजना निर्देशक श्री श्याम किशोर सिंहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति