काठमाडौं, १८ भदौ । भारतले नेपाललाई ४ सय २० करोड सहयोग गर्ने भएको छ। साँस्कृतिक सम्पदा परियोजना पुनर्निर्माणका लागि भारतले अनुदान सहयोग गर्ने भएको हो ।
ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारले उक्त रकम अनुदान सहयोग गर्ने भएको हो ।
सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
भारतीय दुतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री करुण वंशल र आयोजना कार्यान्वयन इकाई परियोजना निर्देशक श्री श्याम किशोर सिंहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया