प्रचण्डकी नातिनी स्मिताले ल्याइन् हिन्दी गीत

काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालले हिन्दी गीत सार्वजनिक गरेकी छिन्। दाहालले शबाब सबरीसँगको संयुक्त गायनमा ‘इबादत बन गए हो’ बोलको गीत सार्वजनिक गरेकी हुन्। दाहाल र सबरीको गायनमा रहेको गीतको म्युजिक भिडियोमा दाहालले नै अभिनय गरेकी छिन्।दाहाल र अर्जुन बिजलानीले अभिनय गरेको म्युजिक भिडियोमा दुई बीचको प्रेमलाई देखाइएको छ। गीतको शब्द के आर वाहीले लेखेका हुन् भने यसको संगीत गायक सबरीले नै गरेका छन्। म्युजिक भिडियोको निर्देशन भने राजिभ एस रुइयाले गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति