साथीलाई गोली हानी हत्या गर्ने सैनिकलाई जन्मकैदको फैसला : थप दुई सैनिकको विषयमा फैसला हुन बाँकी

काठमाडौं, १७ भदौ। सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो ।

भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको शव भेटिएको थियो । ढकालको बयानबाट उनले एसएमजी हतियार चोरी साथीलाई गोली हानेको खुलेको थियो । उनीबाट बरामद हतियार चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । गुरुङलाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले आदेश गर्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति