जान यमनः वकिल देखि टर्कीका चर्चित अभिनेता सम्म

नेपालमा विदेशी मनोरञ्‍जन सामग्री बढी चल्ने भए सँगै विदेशी सिरियलले बजार तताएको छ । त्यसमा भारतिय, कोरियन, चाईनिज, जापानिज सँगै अर्को पनि टर्किस भाषाका सिरियल रहेको छ । त्यही टर्किका एक अभिनेता हुन् जान यमन ।

जान यमन टर्किका अभिनेता, मोडल र वकिल एर्केन्सी कुस (अर्ली बर्ड) सिरियलका लागि गोल्डेन बटरफ्लाई अवार्ड तर्फ बेस्ट एक्टर विजेता पनि हुन् । उनका २०२० मा मिस्टर रोङ्‌ग (Mr. Wrong) भन्ने सिरियल पनि इन्टरनेशनल प्रोडु २०२० को नोमिनेशनमा परेको थियो । उनले सातौँ जिक्यु मेन अफ द एयर २०१९ पनि जितेका छन् । २०२० मा गोन्युल ईस्लेरी (हार्टब्रेकिङ), इनादिना आक्स (इनटेन्शनल लब), हान्गिमिज सेभमेडिक ह्‍वीज अफ अस डिन्ट लब, डोलुने (फुल मुन) का साथै वे एनलिस (मिस्टर रोङ्‌ग) जस्ता सिरियल पनि उनले गरे ।

यमनले मिडिल स्कुल बिलफेन कोलेज बाट अनि बाँकी पढाई लिसियो इटालियानो दि इस्तानबुलबाट पूरा गरे । उनी टर्किस, अंग्रेजी, इटालियन र जर्मनी सहित चार भाषामा पोख्त छन् । उनले २०१२ मा यडिटेपे युनिभर्सिटीबाट वकिल पढे । पढाई संगसंगै खेलकुलमा पनि उत्तिकै अब्बल उनी सानै देखि नै बास्केटबल खेल्थे । चौबिसको उमेरमा प्राईस वाटर हाउस कुपर्सका लागि काम गरे तर पछि उनलाई कर्पोरेट ल क्षेत्र उनको लागि होइन भन्‍ने थाहा भए पश्‍चात मोडलिङ हुँदै अभिनयमा आए ।

हाल उनी लक्स भाइड प्रोडक्शन कम्पनीसँग करारमा छन् । इटालियन सिरियल भोइला कम इल मारे (पर्पल लाइक द सी) मा इटालियन अभिनेत्री फ्रान्सेसका चिलेमिका साथमा आउँदैछन् । यसको सुटिङ रोम र पलेरमोमा सेप्टेम्बर २०२१ बाट हुने भनिएको छ ।

 
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board